१५ कार्तिक २०८३, आइतबार

वीरगञ्जका काँग्रेस र जसपाका चर्चित नेतासहित २ सय ५० युवा एमालेमा प्रवेश

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १९ फागुन । देशैभर नेकपा एमालेमा प्रवेश गर्नेको क्रेज बढेको छ ।

यही क्रममा वुधबार वीरगन्जमा आयोजित एक समारोहमा २ सय ५० भन्दा बढि जना एमालेमा प्रवेश गरेका छन ।

वीरगन्ज महानगरपालिका १७ अलौका युवा नेता सन्जु छतकुलीको नेतृत्वमा २ सय भन्दा बढि जनाले काँग्रेस, जसपा परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका १७ का वडा अध्यक्षमा चुनाव लडेर झिन्नो मतले पराजित भएका छतकुली एमालेमा प्रवेश गरेका हुन् ।

छतकुलीले एमालेलाई विजयी बनाउन आफूहरुले सहयोग गर्ने बताए ।

त्यस्तै, उनले पार्टीले योग्य ठानेर वडाअध्यक्षमा टिकट दिए लड्ने घोषणा गरे ।

वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौले होटेल रोयल पार्टीमा आयोजित गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता, नेताहरु विचारी यादव, विशम्बर शर्मा, बसरुदिन अंसारी , राजेशमान सिंह, मुकेश द्विवेदी, अनुप तिवारी, संजीव मिश्रा, श्याम बन्जारा लगायतकाहरुको सहभागीता रहेको थियो ।