३ कार्तिक २०८३, मंगलबार

राष्ट्रसङ्घमा नेपालसहित अधिकांश राष्ट्रले गरे रुसी अतिक्रमणको विरोध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, १९ फागुन । संयुक्त राष्ट्रसङ्घमा भएको एउटा मतदानमा अधिकांश सदस्य राष्ट्रले युक्रेनमाथि रुसी अतिक्रमणको विरोधमा मत दिएका छन् ।

अतिक्रमणको निन्दा गर्दै उनीहरूले युक्रेनबाट तत्काल आफ्ना फौज फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् ।

एउटा विरल सत्रमा दुई दिन चलेको बहसपछि गरिएको मतदानमा विपक्षमा चाहिँ पाँचवटा देश मात्रै उभिए ।

ती देशमा सिरिया र उत्तर कोरियालगायत छन् । मतदान प्रक्रियामा चीन र भारतसहित ३५ वटा देश अनुपस्थित रहे ।