१५ कार्तिक २०८३, आइतबार

बागमती प्रदेशसभा बैठक फागुन २९ गते बस्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १८ फागुन । बागमती प्रदेशसभा बैठक यही फागनु २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।

करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो । प्रदेशसभा बैठक गत पुस ८ गतेदेखि बस्न सकेको छैन । –रासस