
विराटनगर, १८ फागुन । सत्तारुढ नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नभएको बताएका छन् ।
पार्टीका अध्यक्ष माधवकुमार नेपाल समेतका सक्रियता पास गरिएको एमसीसीको व्याख्यात्मक टिप्पणीलाई पिसाव फेरिएको न्यानो थाङ्नोको रुपमा खनालले चित्रण गरेका छन् ।
खनालले व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको स्पष्ट पारेका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले भने, ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन, नेपालका नेताहरु आनन्दपूर्वक सुतुन भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’












प्रतिक्रिया