३ कार्तिक २०८३, मंगलबार

रुस–युक्रेन युद्धः कुन देशको समर्थन कसलाई ? (सूचीसहित)

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । रुसले युक्रेनमाथि सैन्य कारवाही सुरु गरेको सात दिन पुगेको छ ।

युक्रेनका शहरहरुमा रुसले हमला गरिरहेको छ ।

उता युक्रेनले कुनै हालतमा आत्मसमर्पण नगर्ने जनाइसकेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमोर जिलेन्स्कीले आफ्नो देश अक तटस्थ नरहन सक्ने भन्दै यूरोपेली युनीयनको सदस्यताका लागि आग्रह गरेका छन् । उनले अमेरिकासहित पश्चिमा देशहरुबाट सहयोग मागेबमोजिम पाउन थालेका छन् ।

यसबीचमा विश्वका देशहरुले ती दुई देशमध्ये आफ्नो समर्थन कसलाई भन्ने खुलेरै देखाउन थालेका छन् । नेपालले समेत युक्रेनमाथिको हमलाको विरोध गरेको छ ।
कसलाई कुन कुन देशको समर्थन छ ?

युक्रेनको पक्षमा

अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटाली सहित यूरोपेली युनीयनका देशहरु, स्वीटजरल्यान्ड, क्यानडा, अष्ट्रेलियालगायत अधिकांश पश्चिमा देशहरु, जापान

रुसको पक्षमा

बेलारुस, आर्मेनिया, काजिकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, क्युबा, इरान, उत्तर कोरिया, सिरिया, भेनेजुएला, निकारागुवा

तटस्थ देशहरु

चीन, भारत, पाकिस्तान, साउदी अरेबिया, टर्की, इजरायल, अफगानिस्तान, श्रीलंकालगायत विश्वका अधिकांश देशहरु