आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सहिद स्मारक ‘बी’ डिभिजन लिग आजदेखि शुरू हुँदै

दैनिक नेपाल २०७८ फागुन १८ गते ९:५०

काठमाडौं, १८ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु हुँदैछ ।

लिगको सबै खेल एन्फा मुख्यालय सातदोबाटोको कृत्रिम मैदानमा हुने छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा पहिलो दिन आज बुधबार तीन वटा खेल हुँदैछन् ।

पहिलो खेल बिहान ९ः३० बजे झम्सिखेल युथ क्लब र श्री भगवती युथ क्लबबीच हुनेछ । मध्यान्ह १२ः४५ मा बाँसबारी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै अपराह्न ४ बजे वीरगञ्ज युनाइटेड र ब्वाइज युनियन क्लब आमने–सामने हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित