२ कार्तिक २०८३, सोमबार

शिवरात्रिमा गायिका सरिताको शिव अवतार (फोटोफिचर)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । बिगत आधा दशकदेखि गायनमा सक्रिय रहँदै आएकी गायिका हुन् सरिता भारती ।

हिन्दुहरुको महान चाड शिवरात्रीलाई लक्षित गरेर गायिका सरिताले यतीबेला शिव अवतारमा फोटो सेसन गरेकी छिन् ।

त्यसो त सरिताले यो अबधिमा डेढ दर्जन भन्दा बढी गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेकी छिन् । पाँच वर्षअघि मेरो जवानी…लोकपप गीत बजारमा ल्याएपछि उनका गीतहरू बजारमा नियमित आएका छन् ।

लँुडो र तास…, पहिलो भेटमै…, यसपालीको दशैं…, रातो सारी लरक्कै, बजाई देउन बाजा…, हे गाजली…, असारै मास(झरी), चिया पकाउ…जस्ता विभिन्न चर्चित गीत बजारमा ल्याईसकेकी सरिताको थप नयाँ दुई वटा गीतहरु रेकर्ड भएका छन् । उनका ती नयाँ गीत चाँडै नै बजारमा आउँदैछन् ।

उनै गायिकाले यो पटकको शिवरात्रीको अबसर पारेर शिव अवतारमा फोटो सुट गराएकी छिन् । गायनसँगै पछिल्लो समय मोडलिङमा समेत ब्यस्त सरिताको यी तस्बिरहरु फोटो पत्रकार बद्री थापाले खिचेका हुन् ।

उनलाई शिवको रुपमा चेली मेकअप स्टुडियोकी मेकअप आर्टिस्ट बिना रानामगरले तयार गरेकी हुन् । शिवरात्रीको अवसर पारेर यो फोटो सुट गरिएको गायिका सरिता भारतीले बताएकी छिन् ।