
मस्को, १८ फागुन । रुसले युक्रेनको राजधानी किभलक्षित आक्रमण गर्ने चेतावनी दिएको छ ।
युक्रेनमा आक्रमण गरेको छैटौँ दिन हिजो रुसको रक्षा मन्त्रालयले अब राजधानीलक्षित आक्रमण थाल्ने चेतावनी दिएको हो । किभस्थित एक टेलिभिजन टावरमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीको भनाइ छ ।
किभका प्राविधिक केन्द्र लक्षित आक्रमण हुने भन्दै रुसले ती स्थानबाट टाढा बस्न भनेको छ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा हिजो भएका आक्रमणलाई युक्रेनले युद्ध अपराधको संज्ञा दिएको छ । खार्किभमा १० जना सर्वसाधारणको मृत्यु भएको युक्रेनको भनाइ छ ।















प्रतिक्रिया