
काठमाडौँ, १७ फागुन । लोकप्रिय छोटो भिडियो प्लेटफर्म टिकटकले भिडियो अपलोडको समय बढाएको छ । पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले यसलाई लम्बाएर १० मिनेट बनाउन लागेको हो ।
सुरुवातको समयमा १५ सेकेन्डबाट सुरु गरेको टिकटकले यसको समय बढाउँदै १० मिनेट बनाएको छ । १० मिनेट सम्म अपलोड गर्न मिल्ने बनाएको कतिपय प्रयोगकर्ताको लागि नोटिफिकेसन प्राप्त भैसककेको द भर्जुले जनाएको छ ।
१० मिनेट भिडियोको लेन्थ लम्बाएपछि यसले विश्वभरका क्रिएटरका लागि अझ बढी रचनात्मक भिडियो अपलोड हुने टिकटकले जनाएको छ । टिकटकले भिडियोको लम्बाई क्रमश बढाउँदै लगेपछि यसले अर्को गुगल स्वामित्वमा रहेको युट्युबलाई समेत चुनौती दिएको छ ।












प्रतिक्रिया