
काठमाडौं, १७ फागुन । पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को मिति सारिएको छ ।
आगामी चैत १०–१४ मा हुने भनिएको महोत्सवको मिति परिवर्तन गरिएको आयोजकले जानकारी दिएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने उक्त महोत्सव अब चैच १७ गतेदेखि २४ गतेसम्म हुने भएको छ ।
हिजो सोमबार पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार यसअघि नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भच्र्युअल रुपमा गरिएको थियो । यस बर्ष पनि कोरोना जोखिमको कारण महोत्सव भच्युअल गर्ने तयारी गरिए पनि कोरोनाको जोखिम कम हुनाका साथै राज्यले पनि सबै गतिविधिहरुलाई खुला गरेको कारण भौतिक रूपमै गर्न लागिएको हो ।

भौतिक रूपमै गरिने भएकाले महोत्सवको मिति केही समय पर सारिएको आयोजकका तर्फबाट फेष्टिभल चेयरमेन केपी पाठकले जानकारी दिए ।
महोत्सवमा ३८ देशका ८९ चलचित्रबीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने छ । यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुनाको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुने छ ।















प्रतिक्रिया