५ कार्तिक २०८३, बिहिबार

पाकिस्तानमा सडक दुर्घटनामा ५ जनाको मृत्य, २८ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

इस्लामावाद, १६ फागुन । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको पिसिन जिल्लामा यात्रुवाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएका छन् । उक्त बस देशको पूर्वी शहर लाहोरबाट बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटातर्फ जाँदै गरेको बताइएको छ ।

यसबाहेक, पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा दुई तीव्र गतिका ट्रकहरू राजमार्गमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्, ।
उद्धारकर्मीहरूले पीडितहरूलाई स्थानीय अस्पतालमा सारिएको बताएका छन्। –रासस