५ कार्तिक २०८३, बिहिबार

दक्षिणी तान्जानियामा चट्याङ लागेर सात किसानको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दार एस सलाम, १६ फागुन । तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ ।

रुक्वाका क्षेत्रीय प्रहरी प्रमुख विलियम मवाम्पघाले स्थानीय समयानुसार शनिबार दिउँसो ३ बजेको समयमा भीषण वर्षासँगै आएको चट्याङले ङ्कसी जिल्लाको लुवा गाउँमा पाँच किसानको ज्यान गएको बताएका छन् ।

आफ्नो खेत रोप्ने क्रममा चट्याङ लागेर पाँच जना किसानको मृत्यु भएको एक पत्रकार सम्मेलनमा मवाम्पघालेले बताएका छन । किसानहरुको एक समूहले आश्रय लिएका झुपडीमा चट्याङ लागेर अन्य १४ जना घाइते भएका छन् ।

अर्को छुट्टै घटनामा शनिबार साँझ सोही गाउँमा खेतबारी गर्ने क्रममा चट्याङ लागेर एक पुरुष र उनको छोराको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।–रासस