५ कार्तिक २०८३, बिहिबार

रुसले ग्यास आपूर्ति बन्द गरे महँगी बढ्छ भन्ने चिन्तामा युरोप

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । हाल रुसले युक्रेनमाथि हमला गरिरहँदा युरोपका विभिन्न देशले रुसमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाएका छन्।

तर उनीहरुले ऊर्जा आपूर्तिमा भने प्रतिबन्ध लगाएका छैनन्। यतिबेला युरोपलाई सबैभन्दा ठूलो चिन्दा भनेकै रुसले ग्यास आपूर्ति बन्द गरिरिदए उर्जा संकट आउँछ र महँगी बढ्नेछ भन्नेमा छ। वास्तामा ऊर्जाका लागि रुसमाथि युरोपेली सङ्घ ईयूको ठूलो निर्भरता छ। त्यसबाट मस्कोले पनि टन्न आम्दानी गर्छ र यी कुरालाई अहिलेको सङ्कटबाट अलग राख्न सकिन्न।

युक्रेनमाथि रुसी अतिक्रमणपछि ब्रसल्सले क्रेम्लिनलक्षित एकपछि अर्को प्रतिबन्ध लगाएको छ।सप्ताहान्ततिर ईयूका नेताहरूले रुसी केन्द्रीय ब्याङ्क र आफ्नो हवाई क्षेत्रमा रुसी विमानको उडानमाथि प्रतिबन्ध लगाउनुका साथै अस्त्र किन्ने र युक्रेनलाई पठाउने निर्णय गरेका छन्।

त्यही निर्भरताकै कारण ईयूले अहिलेसम्म ऊर्जा आपूर्ति नरोकेको हो। युरोपमा ऊर्जाको मूल्यमा व्यापक वृद्धि भएको छ भने आपूर्ति कम हुनासाथ महँगीले आकाश छुनसक्ने कुरा भ्लादिमिर पुटिनलाई पनि थाहा छ।

सोही कारण मस्कोले ऊर्जा आपूर्ति घटाएर वा रोकेर जबाफी कदम चाल्न सक्छ भन्ने चिन्तामा युरोप रहेको छ। –बीबीसी