
काठमाडौं, १६ फागुन । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ ।
आगामी वैशाख २४ गते बिराटनगरमा सम्पन्न गरिने अवार्डबारे हिजो आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । मोफसलमा समेत नेपाली फिल्मको विकास, बिस्तार र उन्नतीका लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजबंशीले बताए ।
‘विराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने बिश्वास लिएका छौ,’ राजबंशीले भने ।
कोरियोग्राफरका रुपमा परिचित साइमनले अवार्ड कार्यक्रम निकै भब्य हुने दाबी गरेका छन् । चलचित्रसम्बन्धी बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिने समारोहको प्रमुख सल्लाहकारमा अनिश सिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा, व्यबस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।
०७६, ०७७ र ०७८ चैत्रभित्र प्रदर्शन भएका फिल्महरु अवार्डमा समावेश गरिने बताइएको छ ।















प्रतिक्रिया