१५ कार्तिक २०८३, आइतबार

पार्टीले टिकट दिए जनचाहनाअनुसार प्रतापपुर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने छुः प्रदिप थापा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेसँगै मुलुक फेरि चुनावमय भएको छ । कांग्रेस एमाले मधेसी दल कस्ले बाजी मार्लान् भन्ने बहस सुरु भइसकेको अवस्था छ ।

यसैबीच नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिकाको अध्यक्षमा एकाएक साना किसान कृषि सहकारीका अध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य प्रदिप सिंह थाहाले प्रतापपुर गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने संभावित आकंक्षा प्रकट गर्नुभएको छ । लामो समयदेखि सक्रिय राजनिती तथा समाजसेवामा सक्रिय भई काम गर्दै आउनु भएका हुन ।

उनलाई नेकपा (एमाले ) पार्टीले दिएको जिम्मेवारी इमानदारीका साथ सक्रिय रुपमा लागि दिनरात खटिरहने व्यक्तिको रुपमा चिनिने गरिन्छ । उनलाई नेकपा ( एमाले ) अध्यक्ष केपी शर्मा ओलीको निकट व्यक्तिको रुपमा चिनिने गरिन्छ । उनले अगाडि भने पार्टी टिकट दिए उम्मेदवारी दिने पनि बताए ।

स्थानीय जनताले समेत प्रदिप सिंह थापाले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिनुपर्छ भन्ने पनि भेटिएका छन । थापाले कोरोना महामारीको बेला पनि सक्रिय भई अग्रपंक्तिमा खटि समाजसेवा गरेको स्थानियहरु बताउछन् ।

शालिन स्वभाव तथा समाजसेवीको रुपमा सक्रिय देखिनु भएका थापा हाल राजनिती संगठन विस्तार देखि जनताकोसंगको भेटघाटमा व्यस्त छन् । समाजिक व्यक्तिवको रुपमा पहिचान बनाएका थापा लामो समयदेखि राजनितीमा सक्रिय छन ।

वहाले गाउँपालिकालाई भ्रष्टाचार मुक्त तथा गाउँपालिकाको नया भवन निर्माण कार्य प्रमुख एजेन्डाको रुपमा लिएर अगाडि बढ्ने बताउनु भएको छ । उनले भने भौतिक पुर्वाधारका विकासमा शिक्षा, स्वास्थ्य , यातायात , शुद्ध खानेपानी , कृषि बिद्धुतीय सिचाइ , युवा स्वरोजगार लगायतका विषय मेरो प्रमुख एजेन्डाको रुपमा रहने छ ।

पार्टी नेता कार्यकर्ता राष्ट्रसेवक कर्मचारी र अन्य राजनीतिक पार्टी सबैलाई बिश्वासमा लिइ सामूहिक उत्तरदायी सरकारको नेतृत्व गरी बिकास निर्माणलाई तीब्र रुपमा अगाडि बढाउनु आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका हुन । थापा समाजसेवासँगै राजनीतिमा पनि सक्रिय हुँदै आएका छन् ।

थापाले भने पार्टीले टिकट दिए प्रतापपुर गाउँपालिका अध्यक्षमा निर्वाचित भएर गाउँका विकास र समृद्धिको लागि लाग्ने बताए । उनले भने समग्र प्रतापपुरको विकास गर्ने योजना र भिजन बनाएको छु, मैले जिते त्यसलाई साकार पार्छु ।