५ कार्तिक २०८३, बिहिबार

पाकिस्तान र अफगानिस्तानको सीमा केही दिनपछि फेरि खुल्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान, १५ फागुन । पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ । सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले आइतबार जनाएका छन् ।

गत वर्ष तालिबान सत्तामा आएपछि छिमेकीहरूबीच सीमा तनाव बढेको छ । पाकिस्तानले आतंकवादी समूहहरूले अफगान भूमिबाट आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । तालिबानले पाकिस्तानी लडाकूहरूलाई शरण दिएको अस्वीकार गर्छन् ।

पाकिस्तानको अर्धसैनिक सीमा बलका प्रवक्ताले एएफपीलाई भने, “सबै किसिमका गतिविधिका लागि सीमा फेरि खोलिएको छ ।“

एक सुरक्षा स्रोतले पाकिस्तानी अधिकारी र अफगानिस्तानको कान्दाहार प्रान्तका गभर्नरबीचको “सफल वार्ता“ पछि नाका खोलिएको जनाएको छ । गभर्नरका प्रवक्ता महमूद आजमले सीमा नाका फेरि खोलिएको पुष्टि गनु भएको छ ।–रासस