५ कार्तिक २०८३, बिहिबार

रुसले उडाइदियो युरोपमा ग्यास लैजाने पाइपलाइन, के रोकिनेछ आपूर्ति ?

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । रुसी सेनाले युक्रेनको तेल र ग्यासका स्रोतमाथि बेजोड हमला गरेको छ । युक्रेनका थुप्रै हिस्सामा यस्तो हमलाको खबर आइरहेको छ । राजधानी किएभबाट ३० किलोमिटर टाढा वासिलकिव ओयल टर्मिनललाई मिसाइलले निशाना बनाएको छ ।

हमलाको भिडियो फुटेजमा टर्मिनलमा लागेको आगो स्पष्ट रुपमा देख्न सकिन्छ । यो हमलापछि उडेका धुँवा सबै इलाकामा फैलिएको छ । राजधानी किएभमा विषालु हावाको चेतावनी दिइएको छ  शहरकी मेयर नटालिया बालासिनोविचले समाचार एजेन्सीसँगको कुराकानीमा दुश्मनले चारैतिर ध्वस्त पार्न अग्रसर भइरहेको बताएकी छिन् ।

युक्रेनको पूर्वमा रुसी समर्थक विद्रोहीले पनि रोवेन्की नामको शहरमा एक ओयल टर्मिनल उडाइदिएका छन् ।

ग्यास पाइपलाइन उडाइयोः

युक्रेनका पूर्वमा देशको दोस्रो सबैभन्दा ठूलो शहर खारकिएभमा नेचुरल ग्यास पाइपलाइनलाई रुसी सेनाले उडाइदिएको छ । यो शहर रुसी सीमा नजिकै छ । यो पाइपलाइन उडाएपछि रुसी ग्यास युरोपसम्म पुग्न सक्छ वा सक्दैन भन्ने स्पष्ट हुन सकेको छैन । –एजेन्सी