
युक्रेन, १५ फागुन । पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको छ ।
आक्रमणमा कम्तीमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ ।
आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठूला बिस्फोटका आवाजहरु सुनिएका प्राप्त विवरणहरुलाई जनाइएको छ ।















प्रतिक्रिया