
काठमाडौँ, १४ फागुन । मच्छिन्द्र फुटबल क्लबले अपराजित रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । मच्छिन्द्रले ११औँ चरणको खेलमै उपाधि रक्षा गरिसकेको थियो ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न लिगको अन्तिम खेलमा पनि सुखद नतिजा निकाल्यो । मच्छिन्द्रले अन्तिम खेलमा विभागीय क्लब एपीएफलाई २–१ ले हरायो । अपराजित रहँदै च्याम्पियन बन्यो ।
एपीएफले तुलनात्मक रूपमा राम्रो खेले पनि हार टार्न सकेन । मछिन्द्रलाई जित दिलाउन अभिषेक गुरुङ र रेजिन सुब्बाले एकरएक गोल गरे । एपीएफका प्रदीप लामाले एक गोल फर्काए । ४२औँ मिनेटमा अभिषेकले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा प्रदीप गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ८१औँ मिनेटमा रेजिनले गोल गर्दै मत्छिन्द्रलाई २–१ को जित दिलाए ।
लगातार दोस्रोपटक च्याम्पियन बनेको मच्छिन्द्रले उपाधिसँगै नगद ७५ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता त्रिभुवन आर्मी क्लबले ५० लाख रुपैयाँ हात पार्दा तेस्रो भएको न्युरोड टिम (एनआरटी)ले २५ लाख पायो
यस्तै, मच्छिन्द्रकै विशाल श्रेष्ठले उत्कृष्ट गोलकिपर चुनिएर गोल्डेन ग्लोभ्स र दुई लाख नगद पाए । आर्मीका दिनेश हेन्जनले इमर्जिङ प्लेयर घोषित हुँदै एक लाख ५० हजार रुपैयाँ थापे । फेयर प्ले टिमको अवार्ड सातदोबाटो युथले जित्यो ।















प्रतिक्रिया