
ब्राजिल, १४ फागुन । ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटेले यसै वर्ष कतारमा हुने विश्वकपपछि आफूले जिम्मेवारीबाट हट्ने खुलासा गर्नुभएको छ ।
अगस्त २०१६ को विश्वकप जीतसँगै पाँच पटक विश्व विजेता बनेको ब्राजिल फुटबलको जिम्मेवारी लिएदेखि ६० वर्षीयले टिटेले आफ्नो कार्यकालमा ब्राजिललाई ५२ जीत, १३ बराबरी र पाँचवटा मात्र हारको सामना गर्नुभएको छ ।
यसबीचमा ब्राजिललाई नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म खेलिने यस वर्षको विश्वकप प्रतियोगितसहित दुई विश्वकपका लागि योग्य हुन उहाँले मद्दत गर्नुभएको छ । उहाँकै नेतृत्वमा सन् २०१९ कोपा अमेरिका उपाधिको लागि आयोजकको जिम्मेवारी लिई सफलतापूर्वक सम्पन्न गर्नु थियो ।
टिटेले पोर्चुगाली टेलीभिजन स्पोरटिभीसँगको एक अन्तर्वार्तामा भन्नुभयो, “म विश्वकपको समाप्तिसम्म नेतृत्वमा रहनेछु । “तपाईंलाई ढाँट्ने मसँग कुनै कारण छैन । मैले आफ्नो करियरमा सबै कुरा जितेको छु, हारेको गत विश्वकप मात्र हो ।”
टिटेले क्लब स्तरमा प्रबन्ध जारी राख्ने कि नराख्ने भन्ने कुरा बताउनचाहनुभएन ।एक जना भूतपूर्व मिडफिल्डर जसको खेलका क्रममा घुँडामा चोट लागेपछि टिटेले तीन दशकभन्दा लामो समयसम्म ट्रफीले भरिएको प्रबन्धकीय पेसाको आनन्द उठाउनुभएको छ ।
उहाँको सबैभन्दा सफल जादू सन् २०१० को दशकको प्रारम्भमा भएको थियो जतिबेला उहाँले दुई ब्राजिलियाली सेरी ए उपाधि, एक कोपा लिबर्टाडोरेस विजय र फिफा क्लब विश्वकप ट्रफीको जितका लागि नेतृत्व गर्नुभएको छ ।–रासस















प्रतिक्रिया