
काठमाडौं, १४ फागुन । यही फागुन २७ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘आकाशे खेती’को ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्रका मुख्य मुख्य पात्रलाइ समेटेर ट्रेलर तयार पारिएको छ । यो फिल्ममा मेहनत नगरी पैसा कमाउने युवाको कथा प्रस्तुत गरिएको छ । चलचित्रका लेखक निर्देशक उदय सुव्वा हुने् ।
चलचित्र आकाशे खेतीमा गौरव पहारी, निता ढुंगाना, विल्सन बिक्रम राइ, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, स्व. जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनि गुरुङलगायत कलाकारको अभिनय छ ।
एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई केदार उप्रेती, जिवन सुब्बा, राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रलाइ छायाङ्कन बिक्रम डीसी, द्वन्द राजु किराती, नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ ।















प्रतिक्रिया