५ कार्तिक २०८३, बिहिबार

अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद, १३ फागुन । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले विगतबाट पाठ नसिकेको र अर्को जालमा फसेको भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ ।
अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गर्नुभएको हो ।

मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन। अल्वीले भन्नुभयो । राष्ट्रपति अल्वीको यो टिप्पणी जारी युक्रेन द्वन्द्वको बीचमा आएको हो । केही समय अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्को भ्रमण गर्नुभएको थियो । यद्यपि विश्लेषकहरूले यो भ्रमणलाई असान्दर्भिक र मूर्खतापूर्ण भनेका छन्। –रासस