
रुसले दोस्रो दिन आक्रमण जारी राखिरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गरेका छन् । सो क्रममा उनले रुसले शुक्रवार बिहानै थुप्रै आक्रमणहरू गरेको बताए ।
जेलेन्स्कीले युक्रेन र रुस दुवैमा युद्धविरामका लागि आफूले अपील गरिरहेको बताएका छन् । उनले भेन, ‘यो द्वन्द्व र अतिक्रमण अन्त्यबारे ढिलो वा चाँडो रुसले हामीसँग कुरा गर्नुपर्ने हुन्छ ।’
जति छिटो संवाद शुरू हुन्छ रुसलाई त्यति कम क्षति हुने उनको भनाइ छ । उनले भने, ‘जति छिटो संवाद शुरू हुन्छ रुसलाई त्यति कम क्षति हुन्छ ।’ आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने पनि उनले बताए । –एजेन्सी















प्रतिक्रिया