
काठमाडौं, १३ फागुन । ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ ।
गत बुधबार विशाल बजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन ईराद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षीया मोडल इरिना श्रेष्ठले प्रतिस्पर्धा गर्ने जानकारी दिइएको हो । सोही कार्यक्रममा श्रेष्ठलाई आमा इन्दिरा श्रेष्ठ र बुवा जयन्द्र श्रेष्ठले ताज पहिराईदिएका थिए ।
विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवम् सक्षम भएको आयोजकको दाबी छ । हाल स्नातक तहमा अध्ययनरत तथा विगत केही वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन शोहरुमा सहभागिता जनाइसकेकी छिन् भने विभिन्न ब्राण्डका लागि काम पनि गरिसकेकी छिन् ।

मिडियामा समेत काम गरिसकेकी श्रेष्ठ ‘मिस ग्ल्याम वर्ल्ड २०२२’ लाई लिएर निकै उत्साहित छिन् । मिस ग्ल्याम वर्ल्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने बाचा उनले गरेकी छिन् । मिस ग्ल्याम वर्ल्ड २०२२ एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभइ नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजक फेशन ईराका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताए ।
मिस ग्ल्याम वर्ल्ड २०२२ आउँदो अगष्ट १९ देखि अगष्ट २८ सम्म भारतको कोचिन, केरलामा हुँदैछ ।















प्रतिक्रिया