७ कार्तिक २०८३, शनिबार

युक्रेन छाड्न नेपालीलाई राजदूतावासको सुझाव, हवाई मार्ग ब्लक भएपछि कसरी बाहिरिने ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । रसियाले युक्रेनमाथि सशस्त्र हमला शुरू गरेसँगै त्यहाँ रहेका नेपालीलाई जतिसक्दो चाँडो युक्रेन छाड्न र सुरक्षित स्थानमा जान जर्मनीस्थित नेपाली राजदूवास सुझाव दिएको छ ।

त्यहाँ रहेका नेपालीहरूलाई हवाईमार्गबाट तत्काल देश छोड्न सम्भव नदेखिए पनि आफू सुरक्षित रहन र सम्भव भए सडक वा रेलमार्गबाट पश्चिमी युक्रेनतिर अझ सुरक्षित स्थानमा जान सुझाव दूतावासले दिएको छ ।

एउटा विज्ञप्तिमार्फत् दूतावासले नेपाली नागरिकहरूलाई संयमित भई अहिले आफू बसोबास गरेको स्थानमा घरभित्रै बस्न र युक्रेन सरकार तथा अन्य निकायले जारी गरेको निर्देशन पालना गर्नलगायत विभिन्न सुझाव दिएको छ ।