आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

तेस्रो स्थानका लागि आज नेपालले घरेलु टोली ओमानसँग खेल्दै

दैनिक नेपाल २०७८ फागुन १२ गते १०:०६

काठमाडौं, १२ फागुन । नेपाली क्रिकेट टोलीले आइसीसी टि२० विश्वकप छनोट ए को तेस्रो स्थानको लागि आज घरेलु टोली ओमानसँग खेल्दैछ ।

खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । ओमान र नेपाल दुबै सेमिफाइनलबाट बाहिरिएका टोली हुन् ।

नेपाल पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग ६८ रनले पराजित हुँदै टि२० विश्वकप २०२२ मा पुग्नबाट बन्चित भएको थियो । ओमान टेस्ट टोली आयरल्यान्डसँग ५६ रनले पराजित हुँदै विश्वकप गुमाएको थियो ।

नेपाल ओमानलाई लगातार तेस्रो पटक हराउँदै विश्वकप छनोटमा तेस्रो स्थानमा अन्त्य गर्न चाहन्छ । घरेलु टोली ओमान यस अघिका दुई हारको बदला लिँदै तेस्रो स्थानमा अन्त्य गर्ने सोचमा छ ।

प्रतिक्रिया
सम्बन्धित