
काठमाडौँ । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा परेको छ ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीको किटानी जाहेरी परेको हो ।
उनीविरुद्ध गायिका समीक्षा अधिकारीले मुद्दा दायर गरेको बताइएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो ।
घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न भनिएको बताइएको छ ।
शाहमाथि म्युजिक भिडियो गर्ने क्रममा फकाएर जबरजस्ती करणी गरेको अभियोग जाहेरीमा उल्लेख छ ।
कानुनले १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै भएको शारीरिक सम्बन्धलाई पनि करणी मान्ने गरेको छ ।
केही समयदेखि विवादमा आएको उनीहरुको सम्बन्धबारे पछिल्लो समय त अडियो नै बाहिरिएको थियो ।
जसमा पल शाहले आफैँ उनीहरुबीचको अन्तरंग स्वीकारेको तर आफूले जिम्मा लिनु नपर्ने बताएका छन् । यद्यपि यस अडियोको विषयमा उनीहरुले केही प्रतिक्रिया दिएका छैनन् ।















प्रतिक्रिया