२ कार्तिक २०८३, सोमबार

‘वीरग्रन्थ’ प्रकाशनको तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भादगाउँ, ११ फागुन । वरिष्ठ साहित्यकार तिलकप्रकाश कायष्थद्वारा लिखित ‘वीरग्रन्थ’ नामक ग्रन्थ प्रकाशनको अन्तिम चरणमा पुगेको छ । सुवर्णस्मृति परिषद्ले प्रकाशनमा ल्याउन लागेको सो ग्रन्थमा प्रजातान्त्रिक आन्दोलनका ६० शहिद तथा वीर विरङ्गनाको जीवनी समावेश गरिएको छ ।

वीरग्रन्थ तयार गर्न चार वर्ष लागेको उहाँले जानकारीदिनुभयो । सो ग्रन्थ उहाँको १४औं कृति हो । लेखक कायष्थले पछिल्लो समय ‘झुक्न नजानेका राष्ट्रवादी नेता बिपी कोइराला’ पुस्तक सार्वजनिक भएको थियो ।

यसअघि उहाँका नेपाल भाषाका ‘योमरी’ (उक्ति सङ्ग्रह), ‘नुगः जः’ (निबन्ध सङ्ग्रह), ‘वयागु हाथ्या’ (कथा सङ्ग्रह), ‘ख्वबि झसुका’ (शोक काव्य), ‘धनमाया’ (लघुखण्ड काव्य), ‘यौन ज्ञान मनोविज्ञान’, ‘उत्सर्ग’ (कविता सङ्ग्रह), ‘कमला’ (कथा सङ्ग्रह) प्रकाशन भइसकेको छ । –रासस