आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

टी-२० विश्वकप छनोट : नेपाललाई १७६ रनको लक्ष्य

दैनिक नेपाल २०७८ फागुन १० गते १७:४२

काठमाडौँ, १० फागुन । आईसिसी पुरूष टी-२० विश्वकप ग्लोबल छनोटमा युएईले नेपालसमक्ष १७६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमरेत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो ।युएईका लागि मोहम्मद वासिमले ७० रनको उत्कृष्ट पारी खेले । ४८ बलको सामना गरेका उनले समान चार चौका र छक्का प्रहार गरे ।

वृत्य अरविन्दले २३ बलमा पाँच चौका र तीन छक्कासहित ४६ रन बनाए । महम्मद उस्मानले १७ रन जोडे । तेस्रो विकेटका लागि वासिम र अरविन्दले ६६ तथा चौथो विकेटका लागि वासिम र उस्मानले ६४ रनको साझेदारी गरेपछि युएईले बिलयो योगफल तयार पारेको थियो ।

नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले समान तीन तथा कप्तान सन्दिप लामिछानेले एक विकेट हात पारे ।

प्रतिक्रिया
सम्बन्धित