आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

टी ट्वान्टी महिला क्रिकेटः सुदूरपश्चिम प्रदेशको जीत

दैनिक नेपाल २०७८ फागुन १० गते १३:४५

काठमाडौँ, १० फागुन । ललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुआत गरेको हो । १४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सक्यो ।

मेयर्स–११ का लागि सरस्वती चौधरीले सर्वाधिक २६ रन जोडिन् भने साना प्रवीनले १५ रनको योगदान गरिन् । कञ्चन श्रेष्ठ १० रनमा आउट भइन् । सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ३ विकेट हात पारिन् भने कविता कुवँरले दुई विकेट लिइन् । ईश्वरी विष्ट र सम्झना खड्काले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रनको योगदान गरिन् । रितुले २९ बल खेल्दा ६ चौका प्रहार गरिन् ।

त्यसैगरी रेवती ढकालले २९, विन्दु रावलले २८ तथा डोली भट्टले २५ रन जोडे । मेयर्स–११ का लागि खुसी डङ्गोलले सर्वाधिक २ विकेट लिइन् भने अनुराधा चौधरी, आरती विडारी र अस्मिना कर्माचार्यले एक–एक विकेट लिए ।

प्रतियोगितामा प्रदेश नं १, सशस्त्र प्रहरी बल ९एपिएफ०, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र आयोजक ललितपुर गरी पाँच टोलीको सहभागिता रहेको छ ।–रासस

प्रतिक्रिया
सम्बन्धित