
काठमाडौँ, ९ फागुन । झण्डै दुई वर्षपछि अष्ट्रेलियाले अन्य देशका यात्रुको निम्ति आफ्नो सीमाना खोलेको छ । कोरोनाविरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुका निम्ति अष्ट्रेलियाले आजदेखि सीमाना खुल्ला गरेको हो ।
आफ्ना नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्न सीमाना खोलिएको सरकारी भनाइ छ । आज अष्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानका विमान अवतरण हुने अपेक्षा गरिएको छ । पूर्ण रूपमा खोप प्राप्त नगरेका तर प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी सहज छुट दिइएको छैन ।












प्रतिक्रिया