
काठमाडौँ, ९ फागुन । नेकपा एमाले विभागहरुलाई छिट्टै पूर्णता दिने भएको छ ।
सोमबार केन्द्रीय विभागका प्रमुखहरूको बैठकले विभागहरुलाई चाँडै पूर्णता दिनेबारे छलफल गरेको हो ।
३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थितिमा बसेको बैठकले कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने पनि निर्णय गरेको हो ।
बैठकमा महासचिव कमरेड शङ्कर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ(आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए ।
बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले धारणा राखेका थिए ।












प्रतिक्रिया