२ कार्तिक २०८३, सोमबार

सिद्धान्तको ‘रैछौ बेइमानी’मा अभिनेता धिरेन शाक्य र उमा श्रेष्ठ (भिडियोसहित)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । दर्जनौं टेलिचलचित्र र चलचित्रमा समेत निर्माण व्यवस्थापक एवम् दुई दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरिसकेका सिद्धान्त शर्मा पौडेल अब गीतकार पनि बनेका छन् ।

नव गीतकार पौडेलले देवराज आले मगरको संगीत र लोकप्रिय गायिका प्रविशा अधिकारीको आवाजमा समेटेर आफनो पहिलो गीत ‘रैछौ बेइमानी’ सार्वजनिक गरेका हुन् । बिछोडको भाव बोकेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन् ।

धुलिखेलको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोलाई विक्रम चौहानको निर्देशन गरेका हुन् । अभिनेता धिरेन शाक्य, उमा श्रेष्ठ र निरीक्षा श्रेष्ठ फिचर्ड भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

https://youtu.be/azTi2hugO10