२ कार्तिक २०८३, सोमबार

‘लौन के गरौं’मा खुलेको रोमान्टिक जोडी प्रविन र इष्टु (भिडियोसहित)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । अमेरिकामा रहेर पनि नेपाली सुगम गीत संगीतमा कलम चलाइरहेकी किरण पल्पसाको शब्द सृजनामा नयाँ रोमान्टिक गीत ‘लौन के गरौं’ सार्वजनिक गरिएको छ ।

रचना रिमालको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राहुल प्रधानको छ ।
गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकाले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन् ।

रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा प्रविन डिसी र इष्टु कार्कीको अभिनय देख्न सकिन्छ ।

जसबहादुर याक्खाको निर्देशन भिडियोमा दिपक गिरीको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ ।गीतलाई ओ एस आर डिजिटलको टुयुट्वबाट सार्वजनिक भएको हो ।