बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेलमा आज नेपालले क्यानडासँग खेल्दै

दैनिक नेपाल २०७८ फागुन ९ गते ७:१९

काठमाडौं, ९ फागुन । आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट ‘ए’अन्तर्गतको तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ ।

खेल आज सोमबार दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुने छ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनले हराएको थियो । नेपाल दुई खेलमा चार अङ्क जोड्दै शीर्षस्थानमा रहेको छ ।

दुई खेलमा दुई अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । क्यानडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्ने छ । तर, नेपाल क्यानडासँग पराजित भए साथै ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको ठूलो भूमिका हुनेछ ।

अर्कोतर्फ ओमान फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

फाइनल पुग्ने दुवै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि छनोट हुने छन् ।

प्रतिक्रिया
सम्बन्धित