बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

लिड्समाथि म्यानचेस्टर युनाइटेडको सहज जित

दैनिक नेपाल २०७८ फागुन ९ गते ७:०७

काठमाडौं, ९ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ ।

आइतबार राति सम्पन्न खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

लिड्सको मैदानमा ह्यारी मग्वाएरले ३४औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–० को स्थितिमा पुर्याए ।

खेलको ५३औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई २–१ को स्थितिमा ल्याए । ५४औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २–२ को बराबरीमा ल्याए । खेलको ७० औं मिनेटमा फ्रेडले गोल गरेसँगै युनाइटेड ३–२ को स्थितिमा पुग्यो ।

त्यसपछि खेलको ८८ औं मिनेटमा एन्थोनी इलान्गाले गोल गर्दै युनाइटेडलाई ४–२ ले विजयी बनाए । जितसँगै २६ खेलबाट ४६ अंक जोडेको युनाइटेड लिग तालिकाको चौथो स्थानमा रहेको छ । पराजित लिड्स २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित