बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

फुटबलमा जाउलाखेलको जीत

दैनिक नेपाल २०७८ फागुन ८ गते १६:२८

फाइल तस्वीर

काठमाडौँ, ८ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजीत गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले पराजीत गर्दै विजयी भएको हो । जावलाखेलको जीतमा रुपबहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे ।

यता हिमालयन शेर्पाका तर्फबाट अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको १५औँ मिनेटमा रुपबाहनुरले पहिलो गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएकामा ७१औँ मिनेटमा हिमालयनका खेलाडी अमृतले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८८औँ मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जीत दिलाए । यस जीतसँगै जावलाखेल रेलिगेसन जोनबाट जोगिएको छ । जावलाखेलले १२ खेलमा १४ अङ्क जोडदै अङ्क तालिकाको दशँै स्थानमा उक्लेको छ । समान १२ खेल खेलेको हिमालयनले १३ अङ्क जोडेको छ ।–रासस

प्रतिक्रिया
सम्बन्धित