१ कार्तिक २०८३, आइतबार

सत्ता गठबन्धनको बैठक जारी, एमसीसीबारे के होला निर्णय ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

संसदमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश गर्नेबारे निर्णय गर्न बैठक बसेको हो ।

सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ।

त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।

गठबन्धनका नेताहरुले एमसीसी टेबल गर्न दिने सहमति जनाएका छन् ।

यद्यपि अझै टुंगो भने लागिसकेको छैन । त्यस्तै, माओवादीबाट अर्थ्मन्त्री बनेका जनार्दन शर्माले आफूले एमसीसी पेश नगर्ने जनाएका छन् । एमसीसी पारित नगर्ने माओवादीले जनाए पनि सरकारबाट अहिलै नबाहिरिने भएको छ ।