१ कार्तिक २०८३, आइतबार

सत्ता गठबन्धनको बैठक सुरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बसेको बैठकमा सहमति नजुटेपछि आज फेरि बैठक बसेको हो ।

हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले आउँदो १६ गतेभित्र सम्झौता अनुमोदनका लागि गरेको आग्रहलाई समयमै पूरा गर्न अनुरोध गर्नुभएको थियो । उहाँले संसदमा एमसीसीलाई जतिसक्दो छिटो टेबल गर्ने तयारी गर्नु भएको छ ।

तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका छन् । अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने बताइसकेकाले आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना कमै देखिएको छ।