
काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दोस्रो चरणको छलफल गर्ने भएका छन् ।
बिहीबार साँझ सत्ता गठबन्धनका दलहरुको बैठकमा एमसीसीका विषयमा सहमति नभएपछि एमाले अध्यक्ष ओलीलाई भेट्न पत्नसहित बालकोट पुगेका प्रधानमन्त्री देउवा फेरि दोस्रो चरणको वार्ता गर्न लागेका हुन् ।
वार्ता सकेर बालुवाटार हिँडिसकेका देउवा पुनः दोस्रो चरणको वार्ताका लागि फर्किएका हुन् ।
बालकोटमा केही एमाले नेताहरु पनि रहेका छन् । यद्यपि उनीहरु छलफलमा सहभागी भने भएका छैनन् ।















प्रतिक्रिया