
काठमाडौँ, ५ फागुन । बिहीबार भएको सत्तारुढ दलको बैठकमा एमसीसीबारे सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
प्रधानमन्त्री देउवा एमसीसीका विषयमा छलफलका लागि ओलीसँग भेट्न गएका हुन् । अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा पत्नी आजु राणासहित बालकोट पुगेका हुन् ।
सत्तारुढ दलहरुका बैठकपछि लगत्तै देउवा बालकोट हिँडेका बालुवाटार स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीसँग बिहीबार काँग्रेस नेता मिनेन्द्र रिजालले पनि भेटवार्ता गरेका थिए ।















प्रतिक्रिया