१७ कार्तिक २०८३, मंगलबार

गठबन्धन संकटमा परेका देउवा–प्रचण्डबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीवार बिहान भेटवार्ता भएको छ ।

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर गठबन्धन टुट्न आटेको आशंकाबीच दुई नेताको भेटघाट भएको हो ।

दुई नेताबीचको भेटघाटपछि दिउँसो ३ बजेका लागि बोलाइएको गठबन्धनको बैठक साँझ ५ बजेका लागि बोलाइएको प्रचण्डका सचिवालयले जानकारी दिएका छन् ।