१ कार्तिक २०८३, आइतबार

साविक विजेता एट्लेटिको लेभान्टेसँग पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । साविक विजेता एट्लेटिको मड्रिड बुधबार राती स्पेनिस ला लिगामा पुछारको टीम लेभान्टेसँग घरेलु मैदानमै १–० ले पराजित भएको छ ।

यससँगै एट्लेटिकोले ला लिगाको शीर्ष चारमा उक्लने मौका गुमाएको छ । लेभान्टेले जारी सिजन लिगमा एक खेलमात्र जित्न सफल भएको थियो । तर एट्लेटिकोले लेभान्टेसँग निरिह बन्यो ।

हारपछि २४ खेलबाट ३९ अंक जोडेको एट्लेटिको पाँचौं स्थानमा छ । जुन चौथो स्थानको बार्सिलोनासँग अंक बराबरी हो । तथापी बार्सिलोनाले एक खेल कम खेलेको छ । एट्लेटिको छैटौं स्थानको रियाल सोसिडाडभन्दा एक अंकले मात्र माथि छ ।

रियाल सोसिडाडले पनि एक खेल कम खेलेको छ । लेभान्टे भने १४ अंकका साथ पुछारमा यथावत छ । एट्लेटिको शीर्ष स्थानको रियाल मड्रिडभन्दा १५ अंकले पछाडि परिसकेको छ ।