सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

युईएफए च्याम्पियन्स लिग : एमबाप्पेको गोलमा पीएसजीको जित

दैनिक नेपाल २०७८ फागुन ४ गते ७:२२

काठमाडौं, ४ फागुन । युईएफए च्याम्पियन्स लिग अन्तर्गतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएस) विजयी बनेको छ ।

खेलको इन्ज्युरी समयमा भएको गोलको मद्दतले पीएसजीले जित निकालेको हो । उक्त जितका लागि युवा फरवार्ड केलियन एमबाप्पेको गोल महत्वपूर्ण रह्यो । उनले थप गरिएको समयको चौथो मिनेटमा गोल गर्दै १–० गोल अन्तरले पीएसजीलाई जिताएका हुन् ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पीएसजीले पाहुना टोली रियललाई लगातार दबाबमा राखे पनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

पहिलो लेगमा पाएको जितसँगै पीएसजीलाई क्वाटरफाइनल पुग्न केही सहज भएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके पीएसजीले अन्तिम आठको यात्रा तय गर्ने छ । दोस्रो लेग रियलको मैदानमा ९ मार्चको राति हुने छ ।

प्रतिक्रिया
सम्बन्धित