६ कार्तिक २०८३, शुक्रबार

यती ब्रुअरीद्वारा यती ब्लण्ड – प्रिमियम क्राफ्ट बियर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । यती ब्रुअरी, नेपालको एक प्रतिष्ठित ब्रुइङ्ग कम्पनीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ ।

स्पिरिट अफ द माउन्टेन्सु; स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर हो ।

बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउँने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उदेश्य रहेको छ ।

कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ ।

यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२% रहेको छ। यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल – अफ क्याप सहित ३३० मि. लि. र ६५० मि. लि. को बोतलमा उपलब्ध छन् जसको आकर्षक मूल्य क्रमशः रु १८० र रु ३५० रहेको छ ।