
काठमाडौँ, ३ फागुन । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
बैठक वुधबार बिहान ११ः३० बजेका लागि बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
वुधबार दिउँसो १ बजे संसद बैठक रहेको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन भनेका थिए ।












प्रतिक्रिया