१७ कार्तिक २०८३, मंगलबार

गठबन्धनबाट स्थानीय तहको निर्वाचन रोक्न षड्यन्त्र भइरहेको छः विष्णु पौडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ३ फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धनबाटै स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

यो निर्वाचन रोक्न र छेक्न भित्रबाट अनेक कोसिस अझै पनि भइरहेको बताउँदै नेता पौडेलले कुनै पनि बहानामा निर्वाचन रोक्ने नदिइने अडान राखे ।

त्यस्तै, जनताले सरकारको अनुभुति नै गर्न नपाएको पौडेलले बताए । साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारको अनुभुति गरे पनि अहिलेको सरकार छ(छैन भनेर जनताले अनुभुति नै गर्न नपाएको उनको भनाइ थियो ।

‘गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन,’ उनले भने । सरकारले देशलाई आर्थिक संकटमा पुर्याएको पनि उनले भने । पौडेलले थपे, ‘देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेको छ । पुजीगत खर्च हुन सकेको छैन ।’