
काठमाडौं, ३ फागुन । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई–पे’ र एभरेष्ट बैंकबीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ ।
डिजिटल सहजताको निम्ति गरिएको यस सम्झौतापछि प्रयोगकर्ताले आईएमई–पे मोबाइल वालेट एपमा एभरेस्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू एपमै प्रयोग गर्न सक्ने छन् ।
अहिलेसम्म नेपालको १४ वटा बैंकसँग यस्तै प्रकृतिको सम्झौता गरेको आईएमई–पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्सफर लगायतका फाइदा रहेका छन् ।
आईएमई–पेमा बैंक लिङ्क गरेपछि प्रयोगकर्ताले आफ्नो सुविधाअनुसार एभरेस्ट बैंकको खातामा आईएमई–पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी प्रणालीलाई अद्यावधिक गरिएको छ ।
‘आईएमई–पे’ मा बैंक लिङ्क गरेपछि ग्राहकले सिधै आईएमई–पे को पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् ।
यसका साथै आफ्नो एभरेस्ट बैंकमा रहेको खाताको ब्यालेन्स आईएमई–पे एपमा प्रत्यक्ष हेर्न सकिने गरी व्यवस्था मिलाइएको जानकारी प्रेस विज्ञप्तिमार्फत गराइएको छ ।















प्रतिक्रिया