६ कार्तिक २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंकको ५०औं एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । ग्लोबल आइएमई बैंकले आफ्नो ५०औं एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा सञ्चालनमा ल्याएको छ ।

सिरानचोक गाँउपालिका–५ स्थित चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका छन् ।