२ कार्तिक २०८३, सोमबार

विवाह बन्धनमा बाँधिए गीतकार शाह र सञ्चारकर्मी चन्द

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । गीतकार अनु शाह र सञ्चारकर्मी सूर्य चन्द वैवाहिक बन्धनमा बाँधिएका छन् ।

उनीहरुले केही समयअगाडि नै पारिवारिक रुपमा विवाह सम्पन्न गरेको भए पनि भर्खरै मात्र सामाजिक सञ्जालमार्फत विवाह बन्धनमा बाँधिएका तस्वीरहरू सार्वजनिक गरेका हुन् । उनीहरुले पोखराको बाराही मन्दिरमा पुगेर औपचारिक रुपमा विवाह गरी बाबु आमाबाट आशीर्वाद लिएका थिए ।

चन्द चलचित्र कलाकार संघका प्रेस सल्लाहकार हुन् भने विभिन्न सामाजिक संघसंस्थामा रहेर कार्य गर्दै आएका छन् । त्यस्तै गीतिलेखनका अलावा चलचित्र निर्माण, साहित्य लेखनबाट परिचित रहेकी अनु शाह चलचित्र तथा संगीत उद्योगमा परिचित छन् ।

गीतकार शाह अमेरिकास्थित बोस्टनको एक विद्यालयमा अध्यापन गराउँदै आएकी छन् । गीतकार शाहद्वारा निर्माण गरिएका चलचित्र भीमदत्त रिलिज भइसकेको छ भने उफ् यो मन, सुक्का माना रिलिजको तयारीमा रहेको छ । सोही चलचित्रका गीतहरु उनले लेखेकी छन् ।

उनका दुई सय भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् भने उपन्यास, कविता, गजलहरु पनि प्रकाशित भइसकेका छन् ।